
त्रिशूली । ‘नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता’मा सबैभन्दा आकर्षण रहेको लामो दुरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा बिमला तामाङ बिजयी भएका छन् ।
बागमती प्रदेसका मुख्यमन्त्री बहदुरसिंह लामा तामाङले (शनिबार) उद्घाटन गरेर सुरु भएको प्रतियोगितामा १३.५ किमी दुरीको खुला महिलातर्फ एकघण्टा १३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै बिमला तामाङ प्रथम हुनुभयो । उक्त दुरी एकघण्टा १३ मिनेट ४३ सेकेण्डमा पूरागर्दै नेपाल प्रहरीको निमा लाक्पा शेर्पा दोश्रो र एकघण्टा १३ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रोल्पाको आश्मा विश्वकर्मा तेश्रो हुनुभयो ।
१३.५ किमी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढाले ५३ मिनेट २६ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो हुनुभयो ।

सोही दुरी ५३ मिनेट ४५ सेकेण्डमा पूरागर्दै सोही क्लबका टंक कार्की दोश्रो र ५७ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै ललितपुरका प्रविण लिम्बु तेश्रो हुनुभयो ।
स्थानीय पुरुषमा बिमल थापा मगरले एक घण्टा ४ मिनेटमा निर्धारित दूरी १३.५ किमी पारगर्दै प्रथम हुनुभयो । उक्त दुरी अन्तरगत ४५ वर्ष माथीका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहालले एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम हुनुभयो ।
प्रतियोगिता अन्तरगत ४.५ किमी खुला जुनियर छात्रतर्फ काठमाडौका नवराज बानिया र छात्रातर्फ बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुस्मा आचार्य प्रथम हुनुभयो । सोही दुरी समूहको स्थानीय विद्यालयतका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयका सकिना तामाङले प्रथम स्थान हासिल गर्नुभयो ।
४.५ किमी दुरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दुरीमा ४५ वर्षमाथीका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम हुनुभयो ।
उत्कृष्ट भएका धावक (खेलाडी)लाई बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
नुवाकोटको साविक दुईपिपल, रातमाटे र जिलिङ मिलेर बनेको यहाँको प्रसिद्ध स्थल ‘झिल्टुङ’को पहिचान झल्काउन र यहाँको ग्रामीण क्षेत्रमा खेल पर्यटन बृद्धि गराउन महादेव मावि कोल्पुटारसंगको साझेदारीमा पर्यटन व्यावसायी मोहन नेपालको अगुवाई र एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका धावकहरुको आकर्षण बृद्धि हुदै गएको छ ।
स्थानीय सरकारको आयोजनामा सञ्चालन गरिने, गाँउका हजुरबा, बा र आमा समूहका सदस्यदेखि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका राष्ट्रिय धावकहरुको समेत प्रतिस्पर्धा हुने भएकाले झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता नयाँ खेलाडीको उत्पादन, खेलाडीको व्यक्तिगत दक्षता बृद्धि, आमा समूहका सदस्यलाई प्रतिस्पर्धा गराई महिला शसक्तिकरण लगायतमा समेत योगदान पुग्दै आएको आयोजक वडा नं. ५ (बेलकोटगढी)का अध्यक्ष मदन भुजलले बताउनुभयो ।


अहिले वडा कार्यालय मार्फत सञ्चालनमा रहेको प्रतियोगिताको आगामी सँस्करणलाई स्थानीय पर्वको रुपमा बेलकोटगढी नगरपालिका मार्फत सञ्चालन गरिने नगरप्रमुख र उपप्रमुखले प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुको विवरण यस प्रकार रहेको छ :

27.12¡ÆC