‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी’को लागी बजेटको श्रोत सुनिश्चित

माघ ४, २०८१ मा प्रकाशित | 447 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं. २ नुवाकोट दरबार क्षेत्रमा खानेपानी सेवा सहज बनाउन सञ्चालनमा ल्याएको ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी योजना’को लागी को लागी बजेटको श्रोत सुनिश्चित भएको छ ।

विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले उक्त योजना सञ्चालनको लागी बहुवर्षीय शिर्षकमा ठूलो आकारमा बजेट आवश्यक पर्ने भनेर गरिरहेको पहलकदमीले करीब १३ करोड रुपैयाँको श्रोत सुनिश्चित भएको हो ।

नगर प्रमुख श्रेष्ठले मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) मार्फत बजेटको श्रोत सुनिश्चित गराउन गरेको पहल मार्फत खानेपानी तथा सरसफाई डिभिजन नं ६ को कार्यालय नुवाकोटबाट पठाइएको प्रस्ताव अनुसार बागमती प्रदेसको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले १२ करोड ९४ लाख रुपैयाँ हाराहारीको बजेटको श्रोत सुनिश्चित भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पुस २९ गते भएको मन्त्रीस्तरीय निर्णय मार्फत तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानीको लागी सालबसाली योजना कार्यान्वयनको लागी बजेटको श्रोत सुनिश्चित गरिएको मन्त्रालयका अधिकृत सुरज पौडेलले खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयलाई माघ ३ मा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

उक्त योजनामा अहिले नै करीब ५ करोड हाराहारीको योजना कार्यान्वयनको चरणमा रहेको योजना सम्पन्न हुन अपुग हुने रकमको जोहो गर्न विदुरका नगरप्रमुख राजन श्रेष्ठले बागमती प्रदेसको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जिम्मेवारी लिए देखि नै ध्यानाकर्षण गराउदै आउनुभएको थियो ।

सोही प्रयास अन्तरगत नगरपालिकाको पहल, मुख्यमन्त्रीको आग्रहको कारण बागमती प्रदेसको आर्थिक मामिला तथा योजना मन्त्रालयले खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयलाई बहुवर्षीय योजनाको लागी श्रोतको सुनिश्चित भएको जानकारी गराएको हो ।

खानेपानी तथा सरसफाई डिभिजन नं ६ को कार्यालय नुवाकोटबाट बजेटको श्रोत सुनिश्चितको लागी पठाएको पत्रको ब्यहोरा यस्तो छ :

तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी योजनामा अहिले भइरहेको काम र नगरप्रमुखबाट समय समयमा गरिएको निरीक्षण एंव अवलोकनको गतविधिहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web