आशिका तामाङ स्वयम्भूबाट पक्राउ

माघ २, २०८१ मा प्रकाशित | 179 views


काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको हो ।

आशिका तामाङलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनुभयो ।

आशिकाविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो । कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको भन्दै तामाङविरुद्ध उजुरी परेको छ ।

साथै गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web