खो–खो विश्वकपमा नेपाली महिला टोलीको लगातार तेस्रो जीत

माघ २, २०८१ मा प्रकाशित | 296 views


काठमाडौँ । खो–खो विश्वकपकाे महिलातर्फ नेपालले श्रीलङ्कालाई फराकिलाे अन्तरले हराएकाे छ । आज भएकाे खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले हरायो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जीत हो । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ ।

महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web