तयार भयो सहिदस्मृति रङ्गशाला

माघ २, २०८१ मा प्रकाशित | 165 views


काठमाडौँ । हेटौँडा। मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताउनुभयो । उहाँले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताउनुभयो ।

“जनप्रतिनिधि र स्थानियको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेकोछ”, उहाँले भन्नुभयो, “पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।” उहाँले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।

रङ्गशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web