शुक बहादुर तामाङको खोजी गरिदिन अपिल

पुस २६, २०८१ मा प्रकाशित | 733 views


नुवाकोट । तादी गाँउपालिका वडा नं.१ उर्लेनी काल्चेका ५६ वर्षीय सुरेश भन्ने शुक बहादुर तामाङ हराउनु भएको हुदाँ उहाँको खोजीको लागी परिवारले अपिल गरेको छ ।

काठमाडौमा रहेको इशान अस्पतालको डाक्टरको गाडी चलाउदै आउनुभएका सुरेश यही पुस २३ गते देखि हराउनुभएको हो । उहाँ २३ गते बिहान ७ बजे काठमाडौको तार्केश्वर नगरपालिका ११ चारघारे,नेपालटारबाट सम्पर्क बिहिन भएकाले खोजिको लागी सहयोग गर्न परिवारले अनुरोध गरेको छ । माच्छापोखरीबाट चाहबिल गणेशमन्दिर जान्छु भनेर पठाओम चढेर जानुभएको र त्यसपश्चात सम्पर्कमा नआएको हुदाँ उहाँको परिवार अहिले चिन्तित भएका छन् ।

कालो वर्णको अनुहार भएको शरीर पतालो भएको सुरेशलाई ही कतै कोही कसैले देख्नुभएमा नजिकैको प्रहरी चौकी अथवा तादी गाँउपालिका वडा नं १ स्थित उहाँको आफन्तजनलाई खबर गर्नको लागी आग्रह गरिएको छ ।

उहाँलाई अहिले परिवारका सदस्य, आफन्त, प्रहरीले खोजी गरिरहेको उहाँको भतिज धु्रब दोङले जानकारी दिनुभयो । उहाँलाई कोही कसैले देख्नुभएमा निम्त नं मा खबर गर्न पनि अपिल गरिएको छ ।
कोही कसैले देख्नुभएमा खबर गर्ने नं. निम्न रहेको छ ।

सम्पर्क नं.
9806593358
9810166436
9851231054
9851216189

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web