दुखद खवर, जापानमा चक्कु प्रहारबाट कम्तिमा १९ को हत्या, ४४ चिन्ताजनक

साउन ११, २०७३ मा प्रकाशित | 13004 views

११ साउन, टोकियो ।
जापानमा २६ बर्षिय एक युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

जापानको कानागावामा भएको यो घटनामा आक्रमणकारीको चक्कु प्रहारबाट अन्य ४४ जना गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकाशंको अवस्था चिन्ताजनक रहेको छ ।

जापानी समाचार संस्था क्योदोका अनुसार १९ जनाको जिवनको कुनै संकेत देखिएको छैन । अर्थात् मृत्यु भएको देखिएको छ । यद्यपी जापानी समाचार संस्था एनएचकेले भने प्रहरीलाई उदृत गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विकंलांगहरु रहने आवास क्षेत्रमा बिहान २:३० बजेको समयमा भएको यो हत्या दोस्रो विश्व युद्धपछिकै ठूलो घटना भएको जापानी समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणकारी २६ बर्षका युवक रहेको र उनको नाम चुकुई यामुरुई इन भएको प्रहरीले बताएको छ ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आक्रमणको खास कारण खुल्न नसकेको एनएचकेले प्रशारण गरेको छ । कानागावा प्रहरीलाई उदृत गर्दै एनएचकेले उल्लेख गरे अनुसार घटनामा अन्य २४ जना घाइते छन् भने २० जनाको चिन्ताजनक अवस्थामा उपचार थालिएको छ ।
प्रहरीले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएको छ ।

जापानमा यसअघि युद्ध पछि भएका विभिन्न दुखद घटनाका रुपमा भन्दै जापानी सञ्चार माध्यमहरुले यस्तै आक्रमणमा सन् २००१ मा इकेदा शहरको प्राथमिक विद्यालयमा ८ बालबालिकाको चक्कु प्रहारबाट हत्या भएको उल्लेख गरेका छन् ।

यसैगरि सन् २००८ मा एक युकले आकिहाबारा जिल्लामा सडकमा ट्रक कुदाएर छुरा समेत प्रहार गर्दा ७ जनाको मृत्यु र अन्य १० जना घाइते भएको घटना स्मरण गरेका छन् ।

सन् २०१० मा ओसाका शहरमा एक युवाले वीडियो हेर्ने पसलमा गरेको आगलागीमा परि १६ जनाले ज्यान गुमाएको घटना सम्झंदै आज बिहान भएको १९ जनाको हत्या घटना यि सबै भन्दा विभत्स र भयानक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web