पुलिसलाई हराउँदै आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि

पुस २५, २०८१ मा प्रकाशित | 258 views


काठमाडौँ । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, चौथो सेट २५–२२ र पाँचौं सेट १५–७ ले जित्यो । पुलिसले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२० जित्यो ।

जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web