काठमाडौमा भूकम्पको शक्तिशाली धक्का

पुस २३, २०८१ मा प्रकाशित | 236 views


काठमाडौँ । मङ्गलवार (आज) बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो । हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web