‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तरगत पञ्चकन्या-५ मा श्रमदान कार्यक्रम सम्पन्न

पुस २२, २०८१ मा प्रकाशित | 524 views


भद्रुटार । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा वडा नं ५ मा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ नाराका साथ श्रमदान कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष माधव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य चन्दावती श्रेष्ठ, गाउँसभा सदस्य रामजंग बुढाथोकी र गोकर्ण गिरि, गाउँपालिकाका कर्मचारी, वडा सचिव, अन्य कर्मचारी तथा १८ देखि ५९ वर्ष उमेर समूहका महिला-पुरुष गरी ७० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले ढुङ्गा बोक्ने बाटो निर्माणका लागि जमिन सम्याउने कार्य गरेका थिए। वडा अध्यक्ष सिटौलाका अनुसार यस्ता कार्यक्रमहरूले सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो ठाउँको विकास आफैं गर्न सकिने भावना जागृत गराउँछन्। रोजगार संयोजकले श्रमदान कार्यक्रमले श्रम संस्कृतिको विकास गर्दै समाजमा श्रमको सम्मानको भावना फैलाउने बताए।

यसअघि पनि पञ्चकन्या गाउँपालिकाले ‘कोही भन्दा छैन कम, पालिकालाई एक दिन श्रम’ भन्ने मूल नाराका साथ श्रममा आधारित विकास निर्माणका कामलाई अघि बढाएको थियो। वडा नं ५ का वडा अध्यक्ष सिटौलाका अनुसार यो अभियानले ‘आफ्नो गाउँ आफैं बनाउँछौं’ भन्ने भावना जागृत गरी श्रममा आधारित विकास निर्माणका काम गरिरहेको छ।

यस प्रकारका कार्यक्रमहरूले स्थानीय स्रोत र साधनको उपयोग गर्दै समुदायमा श्रम संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमसंग सम्बन्धित थप गतिविधिहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web