सुन तस्करी प्रकरणमा महराका छोरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

पुस २०, २०८१ मा प्रकाशित | 276 views

सुन तस्करी प्रकरणमा महराका छोरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा राहुल भन्ने रेशम महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा क्षेत्री, ललिता थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै सम्पत्ति जफतका लागि सिन्धाुपाल्चोकका रोजन राउत र बाजुराकी प्रेरणा थापालाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीहरूले चिनियाँ नागरिकले दुई वटा सुटकेसमा भेपभित्र लुकाएर ल्याएको ९ किलो सुन बेचबिखन गरी लाभ लिएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web