तारुकामा गोरु जुधाई महोत्सवको लागी समिति पुर्नगठन, अध्यक्षमा पुनः श्रेष्ठ

पुस १६, २०८१ मा प्रकाशित | 340 views

तारुकामा गोरु जुधाई महोत्सवको लागी समिति पुर्नगठन, अध्यक्षमा पुनः श्रेष्ठ

तारुका । नुवाकोटको तारुकामा हरेक वर्ष माघेसक्रान्ति पर्वको अवसरमा आयोजना गरिदै आएको गोरु जुधाई महोत्सवको लागी समिति पुर्नगठन गरिएको छ । पुर्नगठन गरिएको समितिको अध्यक्षमा पुनः मदनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा छबीलाल ढकाल, सचिवमा विष्णुलाल श्रेष्ठ र कोषाध्यक्षमा अनिता भण्डारी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा कृष्णमान श्रेष्ठ, प्रकाश श्रेष्ठ र केशव दर्लामी मगर चयन हुनुभएको अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघिको समितिको पदाधिकारी सहित सरोकारवाला सम्मिलित भेलाले पुर्नगठन गरेको नयाँ समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिले हरेक वर्षजस्तै यो वर्ष पनि माघेसक्रान्ति पर्वको अवसरमा तारुकाको चन्दनीमा गोरु जुधाई प्रतियोगिता एंव महोत्सवको आयोजनाको लागी आवश्यक तयारी अघि बढाएको छ ।

गोरु जुधाई प्रतियोगिताको लागी गाँउपालिकाको तर्फबाट आवश्यक बजेट बिनियोजन गरिएकाले विगतको तुलनामा थप व्यवस्थित सहित आकर्षक बनाउन समितिलाई निर्देशन दिने गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार सस्कृतिको संरक्षणको लागी गाँउपालिका सकारात्मक रहदै पालिका भित्रका हरेक पर्व, जात्रा र धार्मिक साँस्कृतिक कार्यक्रममा बजेट उपलब्ध गराउदै आएकाले गोरु जुधाई महोत्सवलाई पनि बजेट उपलब्ध गराउन लागिएको हो ।

गोरु जुधाई प्रतियोगिता स्थल चन्दनीसम्म पुग्न गल्छी–देवीघाट सडक खण्ड अन्तरगत जागाराम खोला पुल, तारुकाघाट, कोलचउर, महादेवफाँट, छत्रेफाँट जहाँबाट जान पनि सडक मार्ग सहज बनाएकाले अवलोकनको लागी पुग्ने पर्यटकको लागी सहज बनाइने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web