
विदुर । यस वर्षको राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्तीलाई देवीघाट र नुवाकोट साततले दरबार परिसरमा मूल समारोह समितिको आयोजनामा सयुक्त रुपमा मनाइने भएको छ । मूल समारोह समितिका संयोजक एंव विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा समितिका पदाधिकारी एंव सरोकारवालाहरुको बैठकले कार्यक्रम दुई स्थानमा गरिने तर, आयोजक एउटै हुने गरेर कार्यतालिका बनाइएको हो ।
मूल समारोह समितिले तयार गरेको कार्यतालिका अनुसार पृथ्वीनारायण शाहको स्मारक रहेको स्थान विदुर–५ देवीघाट र पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको विदुर–२ स्थित नुवाकोट साततले दरबार परिसरमा कार्यक्रम गर्नको लागी दुईवटा उपसमिति गठन गरिएको छ ।
देवीघाटमा मनाउने कार्यक्रमको लागी ५ नं. अध्यक्ष लिलानाथ न्यौपाने र नुवाकोट साततले दरबार परिसरमा मनाइने कार्यक्रमको लागी २ नं अध्यक्ष दिपक कायस्थले गर्नुहुने गरेर उपसमिति गठन गरिएको हो ।

यसवर्षदेखि दुवै स्थानमा एकै समिति मार्फत कार्यक्रम गर्नको लागी बिहान ११ बजे देवीघाटमा झाकी, भजन, पञ्चेबाजा सहित र्याली निकालिने भएको छ । त्यसलगत्तै १२ ३० बजे नुवाकोट दरबार साततले दरबार परिसरमा भेला भएर राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्तीको औपाचारिक कार्यक्रम सञ्चालन गगर्न लागिएको हो ।
विगतका वर्षमा देवीघाट र नुवाकोट दरबार परिसरमा फरक फरक रुपमा कार्यक्रम सञ्चालन गरिदै आएकाले त्यसबाट राष्ट्रिय एकताको सन्देश दिन नसकेको गुनासो पश्चात यो वर्षदेखि नगरप्रमुख राजन श्रेष्ठले दुवै स्थानमा कार्यक्रम सञ्चालन गरिने र त्यसको लागी मूल समारोह समिति र उपसमिति मार्फत कार्यक्रम सञ्चालनको तालिका बनाइएको हो ।
15.53¡ÆC