पञ्चकन्या मन्दिर परिसरमा शौचालय निर्माण गरिदै

पुस १६, २०८१ मा प्रकाशित | 473 views

पञ्चकन्या मन्दिर परिसरमा शौचालय निर्माण गरिदै

राइसिंह । विदुर नगरपालिका वडा नं. ८ मा रहेको ऐतिहासिक एंव पुरातात्विक सम्पदा ‘पञ्चकन्या मन्दिर’मा तिर्थयात्री एंव धार्मिक पर्यटनको आकर्षण बढेसगैँ उक्त स्थानमा शौचालय निर्माण गर्न लागिएको छ ।

पञ्चकन्या मन्दिरमा जाने धार्मिक तिर्थयात्री तथा पर्यटन एंव विभिन्न औपाचारिक कार्यक्रमहरु बढ्दै गइरहेके समयमा शौचालय आवश्यक भएको महशुस गर्दै विदुर नगरपालिकाले बजेट बिनियोजन गर्दै शौचालय निर्माण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार शौचालय निर्माणको लागी तीन लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

शौचालय निर्माणको काम सुरु गर्नको लागी उहाँले वडा नं. ८ का अध्यक्ष कमल श्रेष्ठ, विदुर नगरपालिकाको प्राविधिक कर्मचारी सहित स्थानीय सरोकारवालाहरुसंग सल्लाह गर्दै ठाँउ छनोट गरिएको छ । शौचालय निर्माणको लागी स्थान छनोट गरिकाले निर्माणको काम अघि बढाउनको लागी नगरप्रमुख श्रेष्ठले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

अहिलेको हिउदयामको समयमा उक्त स्थानमा धार्मिक पर्यटकहरु जानेक्रम धेरै भएको, वनभोज, विभिन्न संघसँस्थाको साधारणसभा एंव अधिवेशनहरु गरिने लगायतको कार्यक्रमहरु भइरहने हुदाँ जतिसक्दो चाडो शौचालय निर्माण गरेर मन्दिर क्षेत्रको सरसफाईलाई व्यवस्थित बनाउनको लागी उहाँले निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web