९ साउन, धनगढी ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनसनमा बसेको डा.गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै आज देखि कैलालीको धनगढीमा रिले अनसन शुरु गरिएको छ ।

डा.केसी बचाउ नागरिक अभियानको अगुवाइमा धनगढीको पार्कमोडमा अनसन शुरु गरिएको हो ।

अनसनमा नागरिक अगुवा लगायतको सहभागिता रहेको छ ।

अभियानका संयोजक प्रमोद पाठकले डा.केसीको माग सम्बोधन गर्न दवाव दिने उदेश्यले रिलेअनसन शुरु गरिएको बताउनु भयो ।

यसअघि धनगढी डा.केसीको पक्षमा रयाली निकालिएको थियो ।

15.91¡ÆC