आज काठमाडौँ र विराटनगर तथा सुदूरपश्चिम र पोखरा खेल्दै

मंसिर ३०, २०८१ मा प्रकाशित | 474 views


काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमान्डु गुर्खाज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ । दुवै टिमका लागी यो लिग चरणको अन्तिम खेल हो । विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेको छ भने काठमान्डुको प्लेअफ सम्भावना जीवितै राख्न उसलाई यो खेल जित्नै पर्ने दबाब छ ।

विराटनगरविरुद्ध जित हात पारे पनि प्लेअफ पुग्न उसले अन्य टिमको नतिजामा समेत भर पर्नु पर्नेछ ।

अघिल्ला खेलमा चल्न नसककेका काठमान्डुका स्टेफन स्किनाजीले हिजो पोखराविरुद्ध ६० रनको योगदान गरेका थिए । उनी र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । इरास्मसले अविजीत २५ रन प्रहार गरेपछि काठमान्डुले १३९ रनको लक्ष्य ३५ बल बाँकी छँदै पूरा गरेको थियो ।

टिमले आज पनि विदेशी खेलाडीबाट यस्तै प्रदर्शनको अपेक्षा गरेको छ । कप्तान करण केसीले राम्रो बलिङ गर्दै आएका छन् ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको विराटनगरका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ । सान्त्वना जित सहित लिग समाप्त गर्ने विराटनगरको लक्ष्य हुनेछ ।

कप्तान सन्दीप लामीछानेले बलिङमा अपेक्षित प्रदर्शन गर्ने नसक्दा विराटनगरले प्रतियोगिताभर उल्लेखनीय प्रदर्शन गर्न सकेन । पोखरा विरुद्ध उसका ओपनर तथा प्रभावशाली ब्याटर मार्टिन गप्टिल घाइते भएका थिए। उनी उपलब्ध नभए टिमलाई असर पर्न सक्छ । लोकेश बमले लुम्बिनी विरुद्ध ७१ रनको अर्धशतकीय इनिङ खेले पनि उन्य खेलमा उनको ब्याट चल्न सकेको छैन । प्रतीश जीसीले प्रतियोगितभर आठ विकेट लिए पनि उनले अन्य खेलाडीबाट साथ पाउन सकेका छैनन् ।

जारी एनपीएलमा काठमान्डुले ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ । समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web