काठमाण्डौमा आज यसवर्षकै कम तापक्रम

मंसिर २६, २०८१ मा प्रकाशित | 318 views


काठमाडौँ । काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित तराई/मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web