रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

मंसिर २३, २०८१ मा प्रकाशित | 203 views

रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको छ । लामिछानेमाथि अनुसन्धानका लागि शुरुमा छ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप चार दिन म्याद थप भएको हो । लामिछानेलाई गएको बुधवार चितवनमा बयान लिएपछि प्रहरीले मध्यरातमा पोखरा फर्काएको थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, काठमाण्डौ, रुपन्देही र पर्सामासमेत सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । पर्साबाहेक अरू जिल्लामा बयान सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web