मलेसियामा सडक दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु भएको छ ।

काममा जाने क्रममा शनिबार बिहान सडक पार गर्न खोज्दा कारको ठक्करबाट इलाम घर भएकी संगीता राईको मृत्यु भएको हो ।

मलेसियाको जोहोरबारुस्थित बातुपाहत भन्ने ठाँउमा कारले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बातुपाहतमा रहेको मिओ, मिओ फुड कम्पनीमा दुई महिना अगाडि मलेसिया आएका राईको परिवारमा एक छोरा रहेको बताइएको छ ।

मृतकलाई ठक्करदिने कारलाई मलेशियन प्रहरीले नियन्त्रणमा लिएको र लाश पोस्टमार्टमका अस्पताल लगिएको छ ।

कम्पनी तथा सहयोगीहरुको पहलमा लास चांडै नेपाल पठाउने तयारी भइरहेको बताइएको छ ।

17.03¡ÆC