‘सूर्य’लाई भोट माग्दै काँग्रेस प्रवक्ता डा.महत चुनावी प्रचार अभियानमा 

मंसिर १३, २०८१ मा प्रकाशित | 430 views


ककनी । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ‘सूर्य’लाई भोट माग्दै प्रचार अभियानमा सहभागी भएका छन् । चुनावी प्रचारप्रसारको लागी तोकिएको आज अन्तिम दिन ककनी–२ काउलेथाना आइपुग्नुभएका डा. महतले १६ गते वडाध्यक्ष पदमा हुन लागेको चुनावमा काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर ‘सूर्य’लाइ अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो “काँग्रेसले उठाएको उम्मेदवार सूर्यबहादुर तामाङ एक इमान्दार, लगनशील तथा जनताको सेवा प्रवाहको लागी अहोरात्र खट्ने व्यक्ति भएकाले उनलाई जिताउन अपिल गर्दछु । ”

नेपाली काँग्रेसका उम्मेदवार सूर्य जिम्बा (बहादुर) तामाङ ।

आगामी १६ गते हुन लागेका निर्वाचनको लागी काँग्रेसले सूर्य जिम्बा तामाङलाई उम्मेदवार बनाएको छ । काँग्रेसबाट सूर्य जिम्बा तामाङ सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

बिगतमा काँग्रेसले नै जितेको यस वडामा अहिले पनि काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन पाटीको जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीयस्तरका नेताहरुले मिहेनत जारी राखेका छन् । बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्य अर्जुननरसिंह केसी आएर सूर्य जिम्बा तामाङलाई बिजयी गराउन मत माग्नुभयो । बिहीबार पाटी प्रवक्ता पूर्व अर्थमन्त्री डा.महतले पाटीको उम्मेदवारलाई बिजयी गराउनको लागी ककनी–२ का मतदाता समक्ष आग्रह गर्नुभयो ।

चुनाव प्रचारको लागी निर्वाचन आयोगले तोकेको समय अनुसार आज अन्तिम दिन हो । आज राती १२:00 बजेदेखि मौन अवधि सुरु हुने भएकाले प्रचार अभियान बन्द गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web