पहाडी भेगको मौसम आंशिक बदली

मंसिर १२, २०८१ मा प्रकाशित | 159 views


काठमाडौँ । काठमाण्डौ उपत्यकासहित पहाडी भेगको मौसम आंशिक बदली भएको छ । तराई र पहाडी भेगका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web