धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण

मंसिर १०, २०८१ मा प्रकाशित | 193 views


काठमाडौँ । आउँदो १५ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलमा सहभागी ८ टिमका मार्की खेलाडीहरुको सहभागितामा आज बिहान धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण गर्नुभएको हो ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा समावेश गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले ओलीले एनपीएलले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web