महिला क्रिकेट छनोट : एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

साउन ८, २०७३ मा प्रकाशित | 850 views

काठमाडौं, साउन ८ । महिला राष्ट्रिय क्रिकेट टिमको छनोट गर्न आयोजित प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भएको प्रतियोगितामा एपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो । मध्यमाञ्चलले दिएको ४० रनको झिनो लक्ष्य एपीएफले ८ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको हो ।

यस्तै शनिबार नै भएको दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टीमलाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १८ ओभर २ बलमा ३८ रन मात्र बनाउन सक्यो ।

३९ रनको लक्ष्य पूर्वाञ्चलले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय गरी कुल ६ टिम सहभागी भएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा तीन–तीन टिमको दुई समूह बनाइएको छ । एपीएफ, मध्यमाञ्चल र मध्यपश्चिम समूह ‘ए’ मा छन् । पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिम समूह ‘बी’ मा छन् । दुई समूहका विजेताले मंगलबार हुने फाइनलमा खेल्नेछन् । महिला क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिता दुई वर्षयता पहिलोपल्ट आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web