नुवाकोटका उत्कृष्ट छ उद्यमी सम्मानित

मंसिर १०, २०८१ मा प्रकाशित | 350 views


त्रिशूली । दशौँ उद्योग दिवसको अवसरमा नुवाकोटका उत्कृष्ट छ उद्यमीलाई सम्मान गरिएको छ । विदुर स्थित उद्योग तथा बाणिज्य कार्यालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा जिल्लाका उत्कृष्ट उद्यमीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रशंसा पत्र र खादा ओढाएर सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा बागमती ग्याबिन बक्स उद्योग विदुर–९ का उपेन्द्र बुढाथोकी, लप्सी क्याण्डी उद्योग विदुर–१२ का ज्ञानु तामाङ, नमुन्चेत कृषि फर्म ककनी–२ का कान्छिमाया तामाङ, वाइबा कृषि फर्म म्यागङ–३ का प्रकाश तामाङ र जलेश्वर बाख्रा फर्म तादी–३ का रमेशकुमार बस्नेत हुनुहुन्छ । यस्तै मनमैंजु इण्डष्ट्रिज विदुर–५ का अमृतप्रसाद दुवा विदुर नगरपालिका मार्फत उत्कृष्ट उद्यमीको सूचीमा समावेश हुदै सम्मानित हुनुभयो ।

उद्यमी छनोट गर्न गठिन समितिले उद्योग तथा बाणिज्य कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका उद्यमीहरु मध्येबाट फरक–फरक बिधामा योगदान पु-याउदै आएका मध्ये उत्कृष्ट छनोट गरेर सिफारिस भए अनुसार उनीहरुलाई सम्मान गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिनुभयो ।

उहाँको अनुसार उद्यमीलाई गरिएको सम्मानबाट उद्योग क्षेत्रमा विकास, बृद्धि र थप लगानीको लागी आकर्षण बढाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

दशौँ उद्योग दिवस मनाउन एंव उद्यमीलाई सम्मान गर्न आयोजित कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर नगरपालिकाको उद्योग शाखाका अधिकृत सुदर्शन सेढाई, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित लगायत जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो ।

कार्यालयले दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका विभिन्न पचास जना उद्यमी तथा उद्योगले उत्पादन गरेका पाचसय भन्दाबढी सामाग्रिको बिक्री एवम् प्रदर्शनी समेत सञ्चालन ल्याएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय कृषि उब्जनी र हस्तकलाबाट निर्मित सामाग्रिमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web