एमालेलाई महानगरको एक लाख जरिमाना

मंसिर ८, २०८१ मा प्रकाशित | 371 views


काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिमाना गराएको छ । हिजो दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिमाना गरिएको भन्दै एमालेलाई पत्र पठाएको हो ।

महानगर प्रहरी बलले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिमाना गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web