महिला टी-२० विश्वकप एशिया छनोट आजदेखि

कार्तिक २१, २०८१ मा प्रकाशित | 187 views


काठमाडौँ । आजदेखि यूएईमा आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एशिया छनोट शुरू हुँदैछ । नेपालले आज थाइल्याण्डसँग खेल्दै छनोट यात्रा शुरू गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुने छ ।

प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली अस्ति सोमवार दुबई पुगेको छ । एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन् ।

चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरुपछि धेरै अङ्क जोड्दै विजेता बन्ने टोली अर्को वर्ष मलेसियामा हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web