महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङद्वारा राजीनामा

कार्तिक १५, २०८१ मा प्रकाशित | 305 views


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

तामाङकै प्रशिक्षणमा गएको फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको थियो । त्यतिबला पनि नेपाल फाइनलमा जोर्डनसँग पराजित भएको थियो । उनको प्रशिक्षणमा साफ पनि हारेको हो । तामाङले अब आफूले क्लब फुटबलको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web