७ साउन, काठमाडौं ।
सरकार र ९ दिनदेखी आमरण अनसनरत सामाजिक अभियन्त डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा आज भएको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।

सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिनुभयो ।

डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताउनुभयो ।

19.12¡ÆC