बाढी-पहिरोबाट पुगेको क्षतिप्रति अध्यक्ष अधिकारीबाट दुःख व्यक्त, सतर्क रहन आग्रह

अशोज १२, २०८१ मा प्रकाशित | 461 views


दाङसिंह । जारी रहेको भारी वर्षाले नुवाकोट जिल्लाका साथै देशभर भएको जिउधनको क्षतिप्रति तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

तारकेश्वर गाउँपालिकाभित्रका केही घर र सवारी साधनमा क्षति पुगेको सूचनाबाट आफू दुःखी भएको भन्दै यस विपतको समयमा सावधानी अपनाउन र सुरक्षित हुन उहाँले अपिल गर्नुभयो ।

पालिका भित्रका केही सडकहरू पहिरोले अवरुद्ध भएकाले मौसमको अवस्था सामान्य हुने वित्तिकै गाँउपालिका मार्फत सुचारु गरिने हुदाँ अहिलेको जोखिमको समयमा अति आवश्यक काममा बाहेक आउजाउ नगर्न तथा सडक लगायतका जोखिम क्षेत्रमा नजानको लागी अध्यक्ष अधिकारीले पालिकाबासीलाई अपिल गर्नुभएको छ ।

उहाँको अनुसार विपतको कारण सम्भावित खतरालाई मध्यनजर गरी गाउँपालिकाले प्रहरीसँग समन्वय गरी राहत र उद्धारका लागि सबै संयन्त्रलाई उच्च सतकर्ता ‘हाई अलर्ट’मा राखिएको छ ।

अध्यक्ष अधिकारीले सबै गाउँपालिकाबासीलाई उच्च सतर्कताका साथ रहन र अझै केही दिन अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गर्नुभएको छ । पालिकाबासीलाई कहीकतै सम्भावित जोखिम देखेमा तथा कहीकतै कुनै अप्रिय घटना भएमा गाउँपालिका र नजिकको प्रहरी चौकीसँग निरन्तर सम्पर्कमा रहन र केही खतराको अवस्था आइपरे तत्काल सूचना दिनुहुन उहाँले सबैमा आग्रह गर्नुभयो ।

यस्तै, अध्यक्ष अधिकारीले क्षति पुगेका सडकहरुको मर्मत संहारका लागि भोलि आइतबारदेखि नै खटिन गाउँपालिका प्रशासनलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web