सुनको मुल्य तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ

काठमाडौँ । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

TOP