सुनको भाउ अहिलेसम्मकै उच्च

अशोज ८, २०८१ मा प्रकाशित | 216 views


काठमाडौँ । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो भने चाँदीको भाउमा घटबढ भएको थिएन । हिजो चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web