बेलकोटगढीमा राजश्व बढी उठाउने वडालाई ‘योजना’ उपहार

अशोज ५, २०८१ मा प्रकाशित | 305 views


बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले राजश्व बढी उठाउने वडालाई ‘योजना’ उपहार दिएको छ ।
राजश्व बढी उठाउन प्रोत्साहन जगाउने उद्देष्यले पालिकामा रहेका तेह्रवटा वडामध्ये राजश्व बढी उठाउने पहिलो, दोश्रो र तेश्रो वडालाई उपहार स्वरुप थप योजना उपलब्ध गराएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यपालिका बैठकबाट निर्णय भएअनुसार आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा धेरै राजश्व उठाउने पहिलो भएको वडा नं. ७ को कार्यालयले रु दश लाखको थप योजना पाएको छ । दोश्रो भएको ११ नं. वडा कार्यालयले रु सात लाख र तेश्रो भएको १३ नं. वडा कार्यालयले रु पाच लाखको थप योजना प्राप्त गरेको छ ।

“कार्यपालिकाको पूर्ण बैठकले रावश्व बढी उठाउने वडालाई योजना उपहार दिने निर्णय गरे अनुसार थप योजना उपलब्ध गराइएको छ ।” नगरप्रमुख गुरुङले भन्नुभयो “उपहार स्वरुप पाएका योजना सम्बन्धित वडाले चाहे अनुसार पूर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्नेछ ।”

धेरै कर उठाउने वडाले योजना विनियोजनको क्रममा प्राथमिकता दिन माग राख्दै आएपनि नगरपालिकाले प्रंशसापत्र मार्फत सम्मान गर्ने गरेको थियो । गत आवको तथ्याङ्क अनुसार योजना उपहार दिने निर्णय चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइएको हो ।

थप योजना दिने निर्णयले आगामी दिनमा वडा कार्यालयहरुबीच स्वच्छ प्रतिस्पर्धा मार्फत कर संकलन अझै धेरै बढ्ने आशा लिएको नगरप्रमुख जगतबहादुर गुरुङको भनाई छ ।
वडा कार्यालयले संकलन गर्ने राजश्वको मुख्य श्रोत घरबहाल, सम्पत्ति, सिफारिस कर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web