नुवाकोटको म्यागङ सहित देशभरका उत्कृष्ट २१ स्थानीयतह सम्मानित

भदौ २७, २०८१ मा प्रकाशित | 400 views


त्रिशूली । नेपाली काँग्रेसले नेतृत्व गरेको नुवाकोटको म्यागङ गाँउपालिका सहित देशभरका २१ गाँउपालिकालाई उत्कृष्ट गर्दै पाटीको ‘स्थानीय तह समन्वय विभाग’ले सम्मान गरेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने म्यागङ गाँउपालिका सहित देशभरका २१ स्थानीय तहलाइ आज ललितपुरको सानेपा स्थित पाटी कार्यालयमा पाटी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूले उत्कृष्ट स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको हो । नुवाकोटको म्यागङ गाँउपालिकाको तर्फबाट उपाध्यक्ष सिता तामाङले उत्कृष्ट पालिकाको सम्मान पत्र ग्रहण गर्नुभएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेसले देशभरि ३२९ स्थानीय तहमा प्रमुख-अध्यक्ष जितेको थियो । तीमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहलाई बिहीबार सम्मान गरेको हो । आर्थिक वर्ष २०७९-०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेका लगायतका आधारलाई उत्कृष्ट गाँउपालिकाको रुपमा छनोट गरेको पाटीको ‘स्थानीय तह समन्वय विभाग’ले जनाएको छ ।

विभागका अनुसार नुवाकोटको म्यागङ गाँउपालिकाको उपाध्यक्ष सिता तामाङ सहित धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमना दनै, नीलकण्ठ नगरपालिकाको मेयर भीमप्रसाद ढुंगाना पनि सम्मानित हुनुभयो ।

२०७९ को निर्वाचनमा कांग्रेसले देशभरका ३२९ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ३०१ स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुख पदमा बिजयी हासिल गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web