
नौविसे । धादिङको धुनिवेशी-६ गौचरणमा समुह गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम भएको छ । नेशनल लघुवित्त वित्तिय सँस्था धार्के र गोगनपानी शाखाको सँयुक्त आयोजनामा समुह गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाको नीति, संचालन प्रक्रिया तथा सँस्था र समग्र लघुवित्तको बारेमा नेशनल लघुवित्त वित्तिय सँस्थाका प्रमुख कार्यकारी अधिकृत तथा लघुवित्त बैँकर्स सँघका अध्यक्ष रामबहादुर यादवले जानकारी गराएका छन् । उनले रिण मिनाहाको कुरा भ्रम रहेको उल्लेख गर्दै व्यवसायका लागि भनेर लिएको पैसा अन्यन्त्र खर्च गर्दा समस्या आउने गरेको उनको भनाई छ । सहभागीलाई लघुवित्तबाट पैसा लिएर उद्यम तथा उत्पादन मुलक काममा खर्च गर्न पनि सुझाव दिएका छन् । उनले विभिन्न वित्तिय साक्षरता तालिम लगायतका काममा आफुहरु पालिकासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्री मदुकुमार श्रेष्ठले यस्तो किसिमको गोष्ठी तथा साक्षरता कार्यक्रमले महिलाहरुको आर्थिक सँगै क्षमता विकास वृद्धी भएकोमा खुसी व्यक्त गरेका छन् । वित्तिय सँस्थालाई थप व्यवस्थित र मर्यादित बनाउन आफुहरु लागिरहेको पनि उनको भनाई थियो ।

यस्तै, धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता रमेश प्रसाद आचार्यले यो लघुवित्त सँस्थामा समस्या नदेखिएको जानकारी पाउँदा खुसी लागेको भन्दै सबै लघुवित्त सहज तरिकाले सञ्चालन नरहेको उल्लेख गरेका छन् । उनले रिण लिएर विभिन्न ठाउँमा लगानी गरेका लघुवित्तका सदस्यहरुले आत्महत्याका बाटो रोजेको खबर पनि आईरहेको भन्दै रिण लगानी लगायतको विषयमा सुरुमै ध्यान दिन लघुवित्त बैँकर्स सँघको ध्यानाकर्षण गराएका छन् ।
यसैगरी धुनिवेशी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष माधव प्रसाद सिलवालले अधिकाँश पुरुषहरुकै कारण महिलाहरुले रिण लिएको र पछि चुक्ता गर्न नसक्दा आफैँ बदनाम हुनुपरेको बताए । उनले विना योजना रिण नलिन कार्यक्रमका सहभागीलाई अनुरोध गरेका छन् । कृषी तथा व्यापार आदीको योजना सहित रिण लिए चुक्ता गर्न सहज हुने वडा अध्यक्ष सिलवालको भनाई थियो ।
यस्तै सिटिजन्स बैँक धार्के शाखाका प्रवन्धक शुर्दशन रेग्मीले यस्तो किसिमको कार्यक्रमले लघुवित्तको विभिन्न समुहका सदस्यहरुको मनोवल बढ्ने बताए । कार्यक्रमका सबै वक्ताहरुले लघुवित्तबाट पैसा लिएपछि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि सुझाव दिएका छन् ।
यस्तै कार्यक्रममा लघुवित्त अन्तर्गत गठन भएको समुहका अध्यक्ष तथा सदस्यहरुले सल्लाह, सुझाव, गुनासोका साथै अनुभव पनि साटासाट गरेका छन् । कार्यक्रममा विभिन्न समुहका निशा परियार, सँगिता पाठक, सञ्जु बानियाँ, जमुना अर्याल, सविना तामाङ परियार र सन्तोषी मर्हजनले आफ्नो धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट २ समुह र २ जना सदस्यलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको सँस्थाको धार्के शाखाका प्रवन्धक देवकी श्रेष्ठले बताईन् । कार्यक्रममा गोगनपानी शाखा अन्र्तगत थाक्रे ६ रानीबारीको रानीबारी फेदीमहिला समुह र धार्के शाखा अन्तर्गत धुनिवेशी ७ नौबिसेको कालीदेवी सजिलो महिला केन्द्रलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । यस्तै उत्कृष्ट सदस्यको रुपमा महालक्ष्मी सजिलो महिला केन्द्र, चन्द्रागिरी ३ माटिखेलका मिरा लामा र धुनिवेशी ५ को सुन्दरी देवी सजिलो महिला केन्द्रका उर्मिला घले गुरुङ प्रमाणपत्र सहित सम्मानित भएका छन् ।
नेशनल लघुवित्त वित्तिय सँस्थाका प्रमुख कार्यकारी अधिकृत तथा लघुवित्त बैँकर्स सँघका अध्यक्ष रामबहादुर यादवको अध्यक्षता र बागमती प्रदेश सरकारका मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता रमेश प्रसाद आचार्य र वडा नम्बर ९ का वडा अध्यक्ष माधव प्रसाद सिलवालको विशेष आतित्थ्यता र वडा नम्बर ९ का वडा सदस्य पवित्रा थापा, नेशनल लघुवित्त वित्तिय संस्थाका वरिष्ठ अधिकृत मदन रिजाल र अनुगमन अधिकृत रामचन्द्र लोहनीको आतित्थ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा सिटिजन्स बैँक धार्के शाखाका प्रबन्धक शुर्दशन रेग्मी, सानिमा बैँक नौबिसे शाखाका प्रवन्धक प्रशान्त अधिकारी, नेपाल लोकतन्त्रवादी जनजाती महासँघका केन्द्रिय सदस्य सानुराम घले, तरुण दल धादिङका उपाध्यक्ष रविसुदन थापा, रेडियो राजमार्ग तथा नागरिकपाटीकर्मी शिवराज आचार्य र समुह अध्यक्षको तर्फबाट निशा परियार लगायतको आतित्थ्यता रहेको कार्यक्रममा गोगनपानी शाखाका शाखा प्रवन्धक प्रतिमा ढकालले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्यका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो । सँस्था अन्तर्गतको धार्के र गोगनपानी शाखाका समुह अध्यक्ष सँगै सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन तथा सहजिकरण पत्रकार आशिष आशिष ठकुरीले गरेका थिए ।
16.12¡ÆC