सुलेमान शंकर (ईकु) पक्राउ, यस्तो रहेछ कारण !

भदौ २६, २०८१ मा प्रकाशित | 498 views


कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा विदेश लैजाने भनी एसएमएस फिल्म्स् प्रालिको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाई सम्पर्कबिहीन भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web