नुवाकोटमा राहदानीको आवेदन संकलन अनिश्चित समयको लागी स्थगित

भदौ २१, २०८१ मा प्रकाशित | 371 views


त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत सहजिकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा अनिश्चित समयको लागी स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अनुसार विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले अनिश्चित समयको लागी सेवा रोकिएको हो ।

“राहदानी विभाग मार्फत प्रवाह हुने राहदानी सेवा जिल्लातहमा जिल्ला प्रशासन कार्यालय मार्फत आवेदन संकलन र वितरणको लागी सहजिकरण हुने गरेको छ ।” प्रजिअ अधिकारीले भन्नुभयो “पछिल्ला दिनमा राहदानीको बायोमेट्रिक विवरण संकलनको सर्भर (नेटवर्क)मा लगातार समस्या देखिएकाले सेवाग्राहीलाई परेको समस्या मध्येनजर गर्दै तत्कालको लागी सेवा रोकिएको हो ।”

राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयबीचको सर्भरमा प्राविधिक समस्या (केही समय चल्ने र लगत्तै बन्द हुने) हुनेक्रम बढेको छ । सोही कारण बायोमेट्रिक विवरण संकलनमा भएको कठिनाईले तत्कालका लागी राहदानीको आवेदन फाराम संकलन स्थगित गर्न बाध्य भएको प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रशासन कार्यालय नुवाकोटले दैनिक असीदेखि एकसय जनासम्मको आवेदन संकलन गर्दै आइरहेको थियो । छपाई भएर प्राप्त भएको राहदानीको वितरण कार्य भने सुचारु रहेको कार्यालय जनाएको छ ।
रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web