
देउराली । ‘विश्व आत्महत्या रोकथाम बारे संवाद गरौं : दृष्टिकोण बदलौँ’ भन्ने मूल अन्तराष्ट्रिय नारा नुवाकोटको बेलकोटगढीमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । यही भदौ १६ देखि सुरु भएर दश दिनसम्म विभिन्न कार्यक्रम गरेर विश्व आत्महत्या रोकथामको सम्बन्धमा सचेतनामूलक कार्यक्रम गर्ने क्रममा बेलकोटगढी नगरपालिका वडा नं. ६ देउरालीमा रहेको मालिका माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
मालिका माविमा आयोजित कार्यक्रममा वडा भित्रका सामाजिक अगुवा, महिला स्वास्थ्य स्वंयमसेबिका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरु, शिक्षकहरु र विद्यार्थीलाई मानसिक स्वास्थ्य समस्या र आत्महत्याको जोखिम अवस्था तथा संकेतहरू, आत्महत्या सम्बन्धी समाजको गलत धारणहरु, वास्तविकता र सम्बन्धी विषयमा छलफल एंव अन्तरक्रिया गरिएको छ ।

व्यक्ति, घरपरिवार, समुदाय र विद्यालयमा आत्महत्या रोकथामको लागि अपनाउन सकिने पूर्वतयारी तथा सावधानीको सम्बन्धमा ६ नं. का सरोकारवालाहरुसंग अन्तरक्रिया एंव छलफल भएको मनोसामाजिक परामर्शकर्ता मनिषा थापाले जानकारी दिनुभयो ।
कार्यक्रमपछि सहभागी को भनाइ :
मनमा उब्जिएक खुल्दुलीलाई, समस्यालाई समयमै पहिचान गर्नुपर्ने रहेछ । मनोसामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या हुनबाट जोगिन सकिदो रहेछ ।
मनमै कुरा राख्यो भने त झन उपचार नै हुन नसक्ने अवस्थाको प्रभावले आफैले आफैलाई सक्काउन बेर लाग्दैन भन्ने जानकारी पाइयो । त्यस्ता समस्या बढ्न नदिन व्यक्तिले आफ्नो सोच र व्यवहार सकारात्मक बनाइ सहयोग गरिदिने सुनिदिने बुझिदिने गर्दा र सम्बन्धी विषेशज्ञहरु सँग जोडिदिने, यस्ता कार्यक्रम लामो समय र अझै टोल टोलमा गएर सचेतना फौलाउनु पर्ने, स्थानिय निकाय ले प्राथमिकता मा राखेर कार्यक्रम गरे यस्तो कार्यक्रम हरेक व्यक्ति मनोविज्ञान रूपमा सुस्थ्स्थ भएर हरेक कार्यमा समेत सफल हुनेछन् ।

15.53¡ÆC