पूर्वी नाकाबाट ३२ करोड रुपैयाँको सिमेन्ट निर्यात

भदौ १३, २०८१ मा प्रकाशित | 323 views


काठमाडौँ । पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्षमा ३२ करोड रुपैयाँभन्दा धेरै मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गएको आर्थिक वर्षमा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो ।

देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि काँकडभिट्टाबाट भने पहिलो पटक निर्यात भएको उहाँले जानकारी दिनुभयो । निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन् ।

जिल्लामा रहेका आठ वटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web