नेप्से १ सय ११ अङ्कले घटेर २८ सय विन्दुभन्दा तल

भदौ ११, २०८१ मा प्रकाशित | 258 views


काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै रिडी पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले ओरालो लाग्दा र अन्य पाँच वटा कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web