डिभिजन वन कार्यालय नुवाकोटबाट दूलर्भ बन्यजन्तु कालो सालकको उद्धार

भदौ १०, २०८१ मा प्रकाशित | 285 views


त्रिशूली । डिभिजन वन कार्यालय नुवाकोटले यहाँको विदुर नगरपालिका–१ स्थित मानवबस्ती नजिकै घाइते अवस्थामा रहेको दुलर्भ बन्यजन्तु कालो सालकको उद्धार गरेको छ ।

शनिबार स्थानीयले त्रिभुवन त्रिशूली माविको पर्खाल आडमा देखेको कालो सालकको उद्धार र उपचार पश्चात सुरक्षित स्थानमा छाडिएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार वयस्क हुने क्रममा रहेको सालकको आँखा छेउमा सामान्य चोट लागेको अवस्थामा रहेकाले उपचार पश्चात प्राकृतिक हावापानीले उपयुक्त स्थान (जंगल)मा छाडिएको छ ।

“लोपोन्मुख बन्यजन्तुमा पर्ने कालो सालक मानव वस्ती नजिकै कसरी आइपुग्यो भन्नेमा अध्ययन तथा जाँचबुझ गर्दैछौ ।” डिभिजनल वन अधिकृत पोखरेलले भन्नुभयो “हुर्किएको बच्चा (बयस्क हुने क्रममा रहेको) एकवटा मात्र सालक देखा परेकाले अन्यपनि हुनसक्ने आशंकामा उक्त क्षेत्र आसपासमा निगरानी बढाएका छौ ।”

विभिन्न आठ प्रजातीका सालक हुने भएपनि विशेषगरी नेपालमा भने कालो र तामे प्रजातीका मात्र पाइने गरेको छ । लोपोन्मुख बन्यजन्तुमा पर्ने कालो जातको सालक निकै दूर्लभ भएकाले संरक्षणको लागी अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले रातोसूची (संकटग्रस्त प्रजाती)मा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web