‘म निशुल्क अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छुः’ म्याराडोना

साउन ५, २०७३ मा प्रकाशित | 1083 views

एजेन्सी,साउन ५ ।  अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोना निशुल्क अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आतुर देखिएका छन् ।  पुर्व प्रशिक्षक समेत रहेका डिएगो अर्माण्डो म्याराडोनाले आफू बिना पारिश्रमिक अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा फर्कन आतुर रहेको बताएका छन् । ५५ बर्षीय यी सुपरस्टारले यसअघि सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षक रहेर जिम्मेबारी निर्बाह गरिसकेका छन् ।

म्याराडोनाले पत्रकारहरुसँग भनेका छन्, ‘म मेरो राष्ट्रिय टोलीका लागि सित्तैमा प्रशिक्षण दिन सक्छु ।’

‘धेरै मानिसहरुले सोच्ने गर्छन् कि म निक्कै महंगो प्रशिक्षक हुँ, त्यसो हो भने माउरिन्हो के हुन् त ? अनि एन्सेलोटी वा सिमोनी ?’ म्याराडोना प्रतिप्रश्न गर्छन्, ‘मलाई थाहा छैन कि उनीहरुको तुलनामा म कसरी महंगो भएँ ।’

सन् २०१० को विश्वकप क्वाटरफाइनलमा जर्मनीसँग ४-० ले पराजित भएपछि उनी बर्खास्तीमा परेका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित हुँदै लगातार दोस्रो पटक उपबिजेतामा सीमित भएपछि प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएपछि अर्जेन्टिनी फुटबल संघले एउटा गतिलो प्रशिक्षकको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web