एन.यु.एफ.सि. फुटसलमा छात्रतर्फ जेडी बोर्डिङ र छात्रातर्फ चन्द्रज्योती माविलाई उपाधि

भदौ १, २०८१ मा प्रकाशित | 671 views


त्रिशूली । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा सम्पन्न तेश्रो एन.यु.एफ.सि. कप फुटसल जिल्लास्तरीय छात्रछात्रा अन्तरविद्यालय फुटसफ प्रतियोगिताको उपाधि छात्रतर्फ जेडी बोर्डिङ र छात्रातर्फ चन्द्रज्योती माविले उपाधि जितेको छ । आज भएको प्रतियोगिताको फाइनलमा छात्रतर्फ जेडी बोर्डिङले बलियो प्रतिस्पर्धी चन्द्रज्योती माविलाई हराएको हो ।

जेडी बोर्डिङले चन्द्रज्योती माविलाई १–० गोल अन्तरले हराउदै तेश्रो सँस्करणको बिजेता बनेको छ । यस्तै, छात्रातर्फको उपाधि चन्द्रज्योती माविले जितेको छ । अर्किड एकेडेमीलाई २–० गोल अन्तरले हराउदै छात्रातर्फ चन्द्रज्योती मावि तेश्रो संस्करणका प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नुवाकोट जिल्लामा रहेका विभिन्न २४ वटा विद्यालयबाट छात्रतर्फ २५ समूहको सहभागिता रहेको थियो भने छात्रातर्फ १२ वटा समूहको सहभागिता रहेको अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

बिहीबार सुरु भएर आज शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फको बिजेताले १५ हजार र उपबिजेताले सात हजार पाचसय तथा छात्रातर्फको बिजेताले १० हजार र उपबिजेताले ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता र प्रशिक्षकलाई समेत नगद रुपैयाँ सहित नगरप्रमुख राजन श्रेष्ठले सम्मान गर्नुभएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु बट्टार स्थित नुवाकोट फुटसलमा सम्पन्न भएको हो ।

आज आयोजित समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष दिपक कायस्थ, ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल सहित खेल क्षेत्रका खेलप्रेमी सरोकारवाला तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन अवसरमा नगरप्रमुख राजन श्रेष्ठले फुटसलको माध्यमबाट फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पुराएको भन्दै प्रतियोगिताको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबको उच्च प्रशंसा गर्नुभयो ।

नगरपालिकाले गत आथिर्क वर्षमा फुटबलको अन्तरपालिकास्तरीय मेयरकप प्रतियोगिता सञ्चालन गरेकोमा यो वर्ष भने क्रिकेट प्रतियोगिता गर्न लागिरहेको उहाँले जानकारी दिनुभएको छ ।

विदुर नगरपालिकाले खेलका अधिकांश बिधामा बजेट तथा कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्दै विशेष गरेर नगरपालिकाले यो वर्ष क्रिकेटको मेयरकप प्रतियोगिता सञ्चालन गर्न लागिरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web