काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा मुसलधारे वर्षा

साउन २७, २०८१ मा प्रकाशित | 169 views


काठमाडौँ । काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा मुसलधारे पानी परेको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाण्डौ उपत्यकामा बिहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी र यसका सहायक खोलामा आकस्मिक बाढीको जोखिम भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै सिन्धुपाल्चोक र काठमाण्डौ उपत्यकाका नदी किनारमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, धनकुटालगायतका जिल्लासहित बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web