अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

साउन २३, २०८१ मा प्रकाशित | 270 views


काठमाडौँ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय ३४ रुपैयाँ ६३ पैसा तोकेको छ । यो बिक्री दर हो । यसअघि हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ४६ पैसा रहेको थियो ।

हिजोको तुलनामा आजको बिक्रीदर १७ पैसाले धेरै हो । पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । विश्व बजारमा डलरको माग बढिरहेकोले भाउ पनि बढेको हो । डलरको भाउ बढेसँगै भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घटेको हो ।

पछिल्ला केही दिन यता डलरको तुलनामा भारतीय रुपैयाँ पनि अवमूल्यन हुँदै आएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । भारतीय रुपैयाँको विनिमय दर घटबढ भए नेपाली रुपैयाँमा यसको प्रत्यक्ष प्रभाव पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web