‘आमाको माया’ छात्राबासलाई लायन्स र लियो क्लबको सहयोग

साउन २१, २०८१ मा प्रकाशित | 588 views


त्रिशूली । संरक्षकको अभावले बेसाहारा भएका बालकहरुलाई आश्रय दिदै आएको विदुर नगरपालिका वडा नं. २ स्थित ‘आमाको माया’ छात्राबास लाई लायन्स र लियो क्लबले खाद्यान्न लगायतको सहयोग उपलब्ध गराएका छन् ।

लायन्स क्लब अफ काठमाडौ–उर्जाशिल नुवाकोटको समन्वयन तथा आयोजनामा अन्य तीनवटा लायन्स क्लब र लियो क्लबले छात्राबाँसको लागी खाद्यान्न सहितको आवश्यक सहयोग सामाग्रिहरु उपलब्ध गराएको हो ।

लायन्स क्लब अफ काठमाडौ–उर्जाशिल नुवाकोटको अध्यक्ष कृष्णप्रसाद भट्टको अनुसार छात्राबाँसमा रहेका बालकहरुको लागी चामल, दाल, चिनि, पि.भि.सी म्याट लगायतको सामाग्रि छात्राबाँस सञ्चालक सोमप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग सामाग्रि प्रदान गर्न आयोजित कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ–उर्जाशिल नुवाकोटका अध्यक्ष सहित उपाध्यक्ष मेनुका श्रेष्ठ, सचिव कृष्णराज न्यौपाने, सदस्य कविन्द्र कोइराला लगायत अन्य लायन्स क्लबका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

सहयोग सामाग्रि लायन्स क्लब अफ काठमाडौ–उर्जाशिल नुवाकोट सहित लायन्स क्लब अफ काठमाडौ श्री माछापोखरी, लायन्स क्लब अफ काठमाडौ न्यू श्री माछापोखरी र लियो क्लब अफ काठमाडौ माछापोखरीका प्रतिनिधिहरुले सयुक्त रुपमा करीब २० हजार रुपैयाँ बराबरको सहयोग योगदान गरिएको छ । ‘आमाको माया’ छात्राबासमा हाल २० जना बेसाहारा बालकहरुलाई आवाशीय व्यवस्था सहित शिक्षा प्रदान गरिदै आएको छ ।

हालै स्थापना भएको लायन्स क्लब अफ काठमाडौ–उर्जाशिल नुवाकोटले आगामी दिनमा निरन्तर सामाजिक कार्यलाई सञ्चालन गर्ने कार्यतालिका बनाएर अघि बढ्न लागिएको सदस्य कबिन्द्र कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web