विश्व स्तनपान सप्ताह : बजार क्षेत्रका आमालाई जागरुक बनाउन चुनौती

साउन २१, २०८१ मा प्रकाशित | 334 views

त्रिशूली । नेपाल सहित विश्वभर नै “विश्व स्तनपान सप्ताह” जारी रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाइरहेको हो । बालबालिका जन्मेको अनिवार्य रुपमा ६ महिना पूरा नभएसम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र २ वर्षसम्म स्तनपान गराउनुपर्ने सन्देश प्रवाहको लागी स्तनपान सप्ताहलाई जोड दिइएको छ ।

नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले दिवसलाई निकै महत्वको रुपमा मनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरीक्षक जनार्दन सिलवालले बताउनुभएको छ ।

बच्चालाई स्तनपान गराउदा आफूमा सुन्दरता कमजोर हुने भ्रमपूर्ण मानसिकताले विशेष गरेर बजार क्षेत्रमा बच्चालाई नियमित स्तनपान गराउनु पर्छ भनेर सचेतना जगाउनु परेको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामिण क्षेत्रमा महिलाहरुले नियमित रुपमा बच्चालाई स्तनपान गराएपनि बजार क्षेत्रमा नुवाकोट सहित देशभरमा नै समस्या देखिएको हो ।

बजार क्षेत्रमा आमाहरुमा आफ्नो बच्चालाई स्तनपान गराउदा सुन्दरता कमी हुने, अनुहारमा दाग तथा कत्ला देखिने, स्तनको आकार बिग्रने भन्ने भ्रमपूर्ण सोचाईले चुनौती देखिएको छ । सोही अनुसार स्तनपान सप्ताहको क्रममा प्रचारप्रसार मार्फत विशेष गरेर बजार क्षेत्रमा आमाहरुलाई नियमित स्तनपान गराउन सचेतना जगाउनुपर्ने देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web