
त्रिशूली । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या बढेर २५ जना पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप तीनजना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुर, काठमाडौँ र कैलालीमा एक–एकजनामा हैजाको सङ्क्रमण देखिएको हो ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, हैजालगायत पानीजन्य रोगहरुबाट बच्न, सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन अनुरोध गरेको छ ।
27.18¡ÆC