
त्रिशूली । बाढी, पहिरो लगायत मौसमजन्य विपदको कारण यस वर्ष देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।
विपदमा परेर काठमाडौँ उपत्यकामा तीन जना सहित, कोशी प्रदेशमा २५ जना, मधेसमा ६ जना र बागमती प्रदेसमा २९ जनाको निधन भएको छ । यस्तै, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद परेर ४९ जना बेपत्ता भएका छन भने एक सय ७७ जना घाइते भएका छन् । यस्तै, पहिरोमा फसेका एक सय आठ जनालाई उद्दार गरिएको प्रहरीले जनाएको छ ।
यस वर्ष गएको जेठ २८ गतेदेखि वर्षात सुरु भएको थियो । त्यस पश्चात बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् भने चार हजार २१९ घरपरिवार विस्थापित भएका छन् ।
20.49¡ÆC