निर्माण व्यावसायीले तत्कालै भुक्तानी पाउछन : मन्त्री दाहाल

साउन २०, २०८१ मा प्रकाशित | 414 views


त्रिशूली । काम गरेर पनि समयमै भुक्तानी नपाएका निर्माण व्यावसायीलाई जतिसक्दो चाडो रकम निकासा गर्ने भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले प्रतिबद्धता जनाउनुभएको छ ।

निर्माण व्यवसायीको भुक्तानी नहुदाँ परेको समस्या प्रति आफू जानकारी रहेको भन्दै बाँकी रहेका बक्योता जतिसक्दो छिटो दिन लागिएको मन्त्री दाहालले जानकारी दिनुभएको हो ।

काम गर्ने तर, भुक्तानी नपाउने अवस्था हुन नहुने भन्दै काम सकेर बिल फर्छ्यौट गरिसकेकाहरूलाई यो महिनाभित्रै भुक्तानीको प्रबन्ध मिलाउन मातहतमा निर्देशन दिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । उहाँको अनुसार अहिले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web