शुल्क नतिरेपछि भारतीय टेलिभिजन च्यानलको प्रशारण सरकारले रोक्यो

साउन २०, २०८१ मा प्रकाशित | 198 views


त्रिशूली । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ ।

करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्क अन्तर्गतका च्यानलको प्रसारण रोकिएको जानकारी दिनुभएको हो । च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुन अनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभएको छ ।

२०८० साउन १ गतेदेखि यो प्रणाली लागू भएपछि भने ती च्यानलहरूको प्रसारण नै रोकिएको थियो । तर, सरकारपछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरूले आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएपनि कार्यान्वयन नगरेपछि अर्थात भुक्तानी नदिएपनि प्रशारण नै रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web